११ कार्तिक २०८३, बुधबार

बहालवाला मन्त्रीको यौनकाण्ड यसरी भयो सार्वजनिक, सेक्स सीडी लिक भएपछि भूमिगत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sandeep Kumar App Mantriनयाँ दिल्ली, १७ भदौ । भारतका एक मन्त्री सन्दिप कुमारको यौन काण्डले नयाँदिल्ली सरकारका तहल्का मच्चिएको छ ।

उनको यौन सिडी सार्वजनिक भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार महिला एवं बाल विकासमन्त्री सन्दीप कुमारलाई पदबाट हटाएका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

चुनाव प्रचार अभियानको क्रममा सन्दीप कुमार आफूलाई एक स्वच्छ छविका नेता भएको दाबी गर्ने गरेका थिए ।

यहाँसम्म कि उनले एक अन्तर्वार्तामा आफूले हरेक बिहान आदरपूर्वक पत्नीको पाउँ पनि छुने गरेको बताएका थिए ।

गत ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा दिल्ली सेक्रेटियटको कार्यक्रममा उनले आफ्नो सफलताको श्रेय आफ्नी पत्नी ऋतुलाई दिँदै आफूलाई सडकदेखि मन्त्री पदसम्मको यात्रामा आफ्नी पत्नी सधैं प्रेरणाको स्रोत बनेको बताएका थिए ।

त्यही बेला उनले हरेका बिहान उठेर आफ्नी पत्नीको पाउँ छुने गरेको बताएका थिए ।

उनको सो अभिव्यक्ति लगत्तै कार्यक्रमस्थल तालीले गुञ्जायमान भएको थियो ।

अन्त्यमा खुट्टा ढोगेपछि पत्नीले उनलाई सधैं सफल रहने आशीर्वाद दिने गरेको समेत रहस्य उनले खोलेका थिए ।

दिल्लीको दयाल सिंह कलेजमा पहिलोपटक भेट भएका तिनीहरुको ८ वर्षको प्रेमपछि सन् २०११ अप्रिल ५ मा विवाह भएको थियो ।

सो अश्लील सीडी सार्वजनिक भएदेखि नै सन्दीप कुमार भूमिगत भइसकेका छन् ।

यस सम्बन्धमा उनको तर्फबाट केही प्रतिक्रिया आएको छैन । उनको कार्यालयका अनुसार उनी आफ्नो बिरामी आमालाई भेट्न गाउँ गएको जनाइएको छ । – एजेन्सी