काठमाडौं, १७ भदौ । आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ ।
विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यो वायुसेवा खरिद बिक्री सम्बन्धमा दुई महिना अगाडिनै सीता एयर र राठी समूहबीच सम्झौता भए पनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न अझै केही समय लाग्ने भएको छ ।
राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता एयर खरिद गर्न लागिएको जानकारी दिए ।
निजी लगानीको सीता एयर ५५ करोडमा आफूले खरिद गरेको राठीले बताए ।
एयरमा आफूले लगानी गरेको भए पनि साइलेन्ट पार्टनरका रुपमा बस्न चाहेको र हवाई क्षेत्रकै एक जना यो वायुसेवामा हुने भएकाले कुनै हल्ला नगरिएको उनको भनाइ छ ।
यो एयर फिजो नेपाली, सुनिल बिष्टि र विनोद बस्नेतलगायतको समूहले बिक्री गरेको हो ।
आन्तरिक उडानको यो वायुसेवा नियमसँग दुईवटा मल्टिइन्जिन जहाज छन् ।
सन् २००३बाट सञ्चालनमा आएको यो वायुसेवासँग डोर्नियर २२८ नामका १८ सिटे जहाज सञ्चालनमा छन् ।
सीतासँग यसअघि चारवटा जहाज भएपनि दुई वटा दुर्घटनामा परिसकेका छन् ।















प्रतिक्रिया