११ कार्तिक २०८३, बुधबार

खाडी मुलुकका नेपालीहरूलाई यसरी भयो राहत, अब सजिलो हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MRP-Nepali-Passportकाठमाडौं, १७ भदौ । एसियाली मुलुकमा रोजगारीमा रहेका नेपालीले अब ५ हजार रुपैयाँ (५० अमेरिकै डलर) मै राहदानी पाउने भएका छन् ।

सकारको यो निर्णयबाट सबभन्दा बढी नेपाली रहेका खाडी मुलुक र मलेसियामा रहेका कामदारले राहात पाउनेछन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

ती मुलुकमा काम गर्न गएका नेपालीबाट राहदानीमा चर्को शुल्क लिएको भन्दै सरकारको आलोचना बढेपछि मन्त्रिपरिषद्को बिहीबारको बैठकले राहदानीको राजस्व एकैपटक ३० डलर (करिब तीन हजार रुपैयाँ) घटाउने निर्णय गरेको हो ।