१९ कार्तिक २०८३, बिहिबार

सिरहाबाट कक्षा ८ पास पनि नगरेका नक्कली डाक्टर पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nakkli-Doctor-1

काठमाडौँ, १६ भदौ । सिराहको गोलबजार–४ बाट एक नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार, मधुवनी जिल्लाको सोनामत्तीका ३५ वर्षीय रामजी दास रहेका छन् । उनले ७ कक्षा मात्रै पढेको खुल्न आएको छ ।

दासलाई गोलबजारमा एउटा स्थानियको घर भाडामा लिएर निजी क्लिनिक चलाउदै आएको अवस्थामा पक्राउ गरिएको हो । कक्षा ७ सम्म मात्रै अध्ययन गरेका उनले ‘डाक्टर रामजी दास, एमबिबिएस र एएम, जेनरल फिजिसियन एण्ड सर्जन’ लेखिएको बोर्ड लगाएर बिरामीहरुलाई ठग्दै आएका थिए ।

बिरामीहरुले गुनासो गरेपछि दासलाई पक्राउ गरेर अनुसन्धान गर्दा उनी नक्कली डाक्टर हुन भन्ने प्रमाणित हुन गएको हो । उनको क्लिनिकबाट लाखौंको औषधि, बिरामी पुर्जालगायतको कागजात प्रहरीले बरामद गरेको छ । उनले हाइड्रोशील, बबाशिर, भोकन्दर, बाथ रोग, दिर्घ रोगलगायत रोगको उपचार गर्छु भनेर ठगी गर्दै आएका थिए ।

योग्यता नै नभएका व्यक्तिले यस क्षेत्रका बिरामीहरुलाई ग्यारेन्टीका साथ रोग निको हुने भन्दै सामान्य रोगको उपचारमा मोटो रकम असुली गरी ठगी गर्दै आएकोले पक्राउ गरी उनलाई ठगी मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।