१९ कार्तिक २०८३, बिहिबार

पूर्वराजा वीरेन्द्रको शालिक राख्दा झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepaljung-salik-birendra-king

नेपालगञ्ज, १६ भदौ । हिन्दुवादी र राजावादीको समूहले बाँकेको नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ ।

विहीबार राष्ट्रवादी युवा समूहले धम्बोजीमा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको हस्तक्षेपकै बीच युवाहरुले शालिक राखिसकेका छन् ।

नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो । त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रहरीसँगको झडपमा केही युवा घाइते भएका छन् ।

राष्ट्रवादी युवाहरुले वीरेन्द्रको शालिक हटाउन नदिने र त्यसको संरक्षण पनि आफूहरुले नै गर्ने बताएका छन् ।

झडपपछि तनावपूर्ण बनेको नेपालगञ्जको अवस्था अहिले भने सामान्य भएको छ । बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।