काठमाडौं । वरिष्ठ गायक योगेश वैद्यलाई सर्वोत्कृष्ट दीर्घ संगीत साधना पुरस्कार प्रदान गरिएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा वैद्यलाई पुरस्कार प्रदशन गरिएको हो ।
लामो समय गीत संगीतमा योगदान पु-याएका वैद्यलाई दोस्रो नेशनल क्यापिटल अवार्ड २०१६ प्रदशन गरिएको हो । सो क्रममा वैद्यले आफूलाई दीर्घ संगीत साधना पुरस्कार पैदशन गरिएकोमा खुसी व्यक्त गरेका थिए ।
त्यसैगरी, संगीतकार सन्तोष श्रेष्ठलाई उत्कृष्ठ संगीतकारको पुरस्कार प्रदशन गरिएको थियो । सन्तोषकै ‘पल्लवी’ एल्वमले उत्कृष्ट एल्वमको पुरस्कार पनि पाएको छ । उत्कृष्ठ गायिकाको पुरस्कार श्रेयाषी चेम्जोङ लिम्बुलाई प्रदान गरिएको छ ।
बेष्ट मोडलको पुरस्कार उषा खनालले पाएकी छिन् । उनलाई ‘तिमो लागि हाँसी हाँसी…’का लागि पुरस्कार प्रदान गरिएको थियो ।
सोही गीतमा चेम्जोङले बेष्ठ गायिकाको पुरस्कार पाएकी हुन् । फिल्म र म्युजिक भिडियोहरूमा जम्दै आएकी खनालले पुरस्कार पाएकोमा खुसी व्यक्त गरेकी छिन् ।
सोही कार्यक्रममा रङ पत्रकार सुमन बैरागीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । म्युजिक खबर अवार्ड गर्दै आएका बैरागीलाई प्रमाण पत्रका साथै सम्मान पत्रपनि दिइएको थियो ।















प्रतिक्रिया