११ कार्तिक २०८३, बुधबार

नेपालमै जहाँ महिलाको मात्रै ‘शासन’ चल्छ

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १६ भदौ । मकवानपुरमा यस्तो समुदाय छ, जहाँ महिला ‘शासन’ चलाउँछन् भने पुरुष घरायसी काममा व्यस्त बन्ने गरेका छन् ।

वनकरिया जातिमा पुरुषभन्दा महिला अगाडि छन् । वनकरिया समुदायका पुरुष चुलोचौका र जंगल छाडेर अन्यत्र जान रुचाउँदैनन् । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

देशमा पुरुषबाट महिलापछि परे भन्दै हरेक क्षेत्रमा पुरुषसरह महिला सहभागिताको कुरा चलिरहेको छ ।

तर, वनकरिया वस्तीमा महिलाभन्दा पुरुष पछि परेको गुनासो गर्छन् । पुरुषहरु भन्दा महिला अगाडि छन् ।

वनकरिया समुदायका पुरुषहरु चुलोचौका र जंगल छाडेर अन्यत्र जान अझै पनि रुचाउँदैनन्, लजाउँछन् ।

आफूहरुको हकअधिकारको विषयमा सदरमुकाम हेटौंडामा आएर कुरा राख्नुपर्यो भन्दा पुरुषहरु लजाउँदै घरभित्र पस्छन् भने गाउँका हरेक काममा महिला मूली हुन्छन् ।