११ कार्तिक २०८३, बुधबार

भारतको पक्ष लिँदा गृहमन्त्री निधिले झण्डै…भेटेका थिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimalendra-nidhiकाठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री विमलेन्द्र निधि र पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष भीम रावलबीच बुधबार प्रधानमन्त्री निवासमा झण्डै हात हालाहालको स्थितिवाट तीन दलका शीर्ष नेता लज्जित वन्नु परेको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार स्थानीय तहको पुनर्संरचना र सीमा निर्धारण तथा स्थानीय तहको निर्वाचन एवम् संविधान कार्यान्वयनको बिषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको बैठकमा गृहमन्त्री निधि र रावलवीच हात हालाहालको स्थिति पैदा भएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

दुवै पार्टीका प्रभावशाली नेताको हैसियत बनाएका नेता रावल र गृहमन्त्री निधिको तल्लो स्तरको झगडा र भनाभनले अन्य शीर्ष नेता लाजले मुख छोप्ने स्थितिमा पुगेका थिए । दुबै नेताबीच हात हालाहालको स्थिति आएपछि प्रधानमन्त्री प्रचण्डले झगडा नै छुट्याउनु परेको थियो ।

ग्रेस, माओवादी र एमालेका शीर्ष नेताको बैठकमा शुरुमा प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गर्नका लागि स्थानिय तहको पुनर्संरचना र निर्वाचन तथा मधेश आन्दोलनको मागलाई संवोधन गर्न संविधान संशोधनमा सहमति जुटाउने उद्देश्यले बैठक बोलाएको बताएका थिए ।

प्रचण्डले बैठक प्रारम्भ गर्नासाथ एमाले उपाध्यक्ष रावलले प्रधानमन्त्रीको बिशेष दूतको रुपमा भारत गएका उपप्रधानमन्त्री निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीलाई के पत्र बुझाईएको थियो ? भनेर प्रश्न गरेका थिए ।

रावलले संविधान कार्यान्वयको प्रशंग भारतीय प्रधानमन्त्रीलाई नेपालको संविधान संशोधनका बिषयमा जानकारी दिएको समयमै आएकोले कसलाई खुसी बनाउन संविधान संशोधन गर्नु प-यो ? भनी जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्री दाहालको अनुमति नै नलिई गृहमन्त्री निधिले पनि प्वाक्क मुख खोले ‘संविधान संशोधनको बिषयमा केही सुझाव मागिएको हो, यस्तो सुझाव त पहिले हामीले डोरबाट पनि त लिन्थ्यौं नि ।’ निधिको ओठे जवाफबाट रावलले कड्किदै भनेका थिए ‘विदेशी सरकार प्रमुखको सुझावको आधारमा नेपालको संविधान संशोधन हुन सक्दैन ।’

तथापी निधिले ‘विगतमा विदेशी डोनरले संविधानका कतिपय बिषयमा सुझाव दिएका थिए’ भनेका थिए । निधिको जवाफबाट झन कड्किँदै रावलले सोधेका थिए ‘कुन डोनरको सुझाव संविधानको कुन धारामा राखियो देखाउनुस’ निधि पनि के कम उनले ‘म सँग प्रमाण छ’ भन्दै जवाफ फर्काए ।

अनि रावलले पनि अहिले चाहियो भनेपछि विवादले झन उग्र रुप लियो । रावलले ‘होइन भने भारतीय प्रधानमन्त्री मोदीलाई के सुझाव मागियो त्यो चाहियो’ भन्दै पुनः निधिलाई नै प्रश्न गरेका थिए ।

निधिले संविधान सवैको सहमतिमा संशोधन गर्न लागिएको सामान्य भाषा मात्र प्रयोग भएको जवाफ दिएका थिए । तर, रावलले प्रतिप्रश्न गरे ‘भारतस्थित नेपाली दुतावासले जारी गरेको एडभाइजरीमा त संविधान संशोधनको लागि सुझाव मागिएको होइन ?’ निधिले भने–‘दुतावासले कस्तो सुझाव दियो भन्ने कुरामा नलागौं, त्यस्तो केही होइन ।’

निधिको जवाफबाट चित्त नवुझाएका रावलले फेरि ‘आफ्नो देशको संविधान बिदेशीको सहयोग र सुझाव हामीले बनाएको होइन, त्यसैले अरुको सुझावमा संशोधन पनि हुँदैन ।’

भन्दै झनै आक्रमक बने । रावलको जिज्ञासा समाधान गर्दै निधिले मधेशवादी दलको मागलाई संवोधन गर्न संविधान संशोधन गर्नु पर्ने वताए । रावलले विदेशी इसारमा चल्न खोजेको भनेपछि निधिले पनि आफुहरु बिदेशी इसारमा नचलेको तर, तपाइहरु बिदेशी इसारमा चलेको भनी आक्षेप लगाएका थिए ।

रावललाई निधिले विदेशीको इसारमा चलेको भन्नासाथ रावल झोंक्किएर उठेका थिए । रावल उठेपछि निधि पनि के कम हामीलाई त्यतिकै आरोप लगाउने तपाईं को हो ? के प्रमाण छ ? जथाभावी बोल्ने ? भन्दै झोक्किए ।

निधि जुरुक्क उठेपछि रावलले पनि तपाइले चाहि के खोजेको भन्दै पाखुरा सुर्किएका थिए । दुवैको पाखुर सुर्का सुर्कीबाट बैठकमा उपस्थित सबै नेता रातो पिरो भएका थिए ।

दुवै नेताको तयारी धकेला धकेलमा पुग्ने जस्तो देखेपछि प्रधानमन्त्री दाहालले दुबै नेतालाई बस्न भनेका थिए । उनले दुवै नेताको बादबिबादलाई समाधान गर्दै हामीले कुनै पनि देशसँग संविधान संशोधनको सुझाव नमागेको र कुनै पनि डोनरको सुझाव र सल्लाहमा संविधान नलेखेको बताएका थिए ।

प्रधानमन्त्री दाहालको जवाफ पछि रावलको त मन शान्त भयो तर, निधि भने रातो अनुहार लगाएर बसेका थिए । आफ्नो प्रधानमन्त्रीले आफुलाई सपोर्ट नगरेको भन्दै निधिले आफु निकटका नेतासँग बुधवार गुनासो पनि गरेका थिए ।

उनले आफ्नो काम र मन्त्रालयको गतिविधिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न खोजेको तर, कांग्रेसका शीर्ष नेताले बैठकमा र कांग्रेसकै मन्त्रीले मन्त्रीपरिषद्मा आफ्नो समर्थन नगरेको गुनासो गरिरहेका छन् ।

शनिवार नेपाल टेलिभिजनबाट प्रशारित प्रधानमन्त्रीसँग सिधा कुरामा प्रधानमन्त्री दाहालले काठमाडौंदेखि तराईको निजगढ जोड्ने फाष्ट ट्य्राक विदेशी कम्पनीलाई नदिने भनेर सार्बजानिक गरेपछि निधि दाहालसँग सशंकित बनेका छन् ।

निधिले भने हरेक जसो कार्यक्रममा पोखरोको एयरपोर्ट बनाउने ठेक्का चिनिया कम्पनीलाई दिन हुने तर फाष्ट ट्य्राक चाही भारतीय कम्पनीलाई किन दिन नहुने भन्दै त्यही द्रुतमार्गको पक्षमा वकालत गर्दै आएका छन् ।