११ कार्तिक २०८३, बुधबार

प्रेमालाई दहितले किन दिए ज्यानमार्ने धम्की ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopal_Dahit_02काठमाडौं, १६ भदौ । थरुहट तराई पार्टीका अध्यक्ष एवम् सांसद गोपाल दहित आजकाल आफ्नो आलोचना सहनै नसक्ने भएका छन् ।

आफ्ना विरुद्ध कसैले आलोचना गर्ने वित्तिकै दहितले त्यसको प्रतिक्रिया जनाइ हाल्छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

थारु कल्याणकारिणी सभा उपत्यका समितिको निर्वाचनलाई लिएर दहितले यस्तै कटु प्रतिक्रिया दिएका छन् । उपत्यका समितिमा आफू अनुकुल हुन नसकेपछि दहितले नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई जथाभावी गाली गर्ने गरेका छन् ।

उपत्यका समितिकी सदस्य प्रेमा चौधरीलाई सांसद दहितले ज्यान मार्ने सम्मको धम्की दिएको स्रोत बताउँछ । कैलालीको धनगढी निवासी प्रेमाले सांसद चौधरीले भनेको नमानेपछि ज्यान मार्ने धम्की दिएका हुन् ।

दहितको धम्कीपछि प्रेमा चौधरीले आफूलाई जति नै धम्की आएपनि थारु आन्दोलनमा लागिरहने बताएकी छिन् । उनले फेसबुकमा स्ट्याटस लेखेर दहितले ज्यानमार्ने धम्की दिएको बताएकी हुन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पछाडि लागेर थारु आन्दोलनलाई बागमती नदीमा सेलाइ सकेका दहितले आफ्नै पार्टीकी सांसद गंगा चौधरीलाई पनि अनेक आशंका गर्ने गरेका छन् ।

गंगाका गतिविधिलाई निगरानी गर्न आफ्नै पिएलाई लगाएको स्रोतको भनाइ । दुई सांसद रहेको थरुहट तराई पार्टीले संयुक्त थारु आन्दोलनलाई छाडेर मधेसी दलहरुको पिछलग्गु भएपछि थारु संघसंस्थाले गोपाल दहित र गंगा चौधरीलाई बहिष्कार गरेका छन् ।

थारु आन्दोलनबाट बहिष्कृत भएपछि दहितलाई छिनछिनमा रिस उठ्ने गरेको हो । हुन त आन्तरिक बिबादले थरुहट पार्टी विभाजनको संघार नजिक पुग्न थालेको भन्दै समाचार आउन थालेका छन् ।