१९ कार्तिक २०८३, बिहिबार

परराष्ट्रमन्त्री महतलाई स्वराजको बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushma-swaraj-l

काठमाडौँ, १५ भदौ । डा प्रकाशशरण महत नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा भारतीय विदेश मन्त्री सुस्मा स्वराजले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

भारतले नेपाली जनता र नेपाल सरकारसँगको मित्रवत् सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दैआएको बताउँदै उहाँले डा महतको कार्यकालमा द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन निकट रहेर काम गर्ने इच्छा प्रकट गर्नुभएको परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । रासस