काठमाडौं । नायिका रजनी केसीले पत्रकार ऋषि धमलाजस्तै वर पाए विहे गर्ने योजना सार्वजनिक गरेकी छन् ।
हालसम्म अविवाहित नायिका केसीले राम्रो वर मिले चाँडै नै बिहे गर्ने बताइन् । ‘तपाईं जस्तै वेल स्पोकन हुनुपर्छ । ड्यासिङ पर्सनालिटी । मलाई र मेरो फिल्म क्षेत्रलाई बुझ्ने हुनपर्छ’ टेलिभिजन कार्यक्रम ‘धमलाको हमला’ मा कार्यक्रम सञ्चालक ऋषि धमलालाई देखाउँदै रजनीले भनिन्, ‘आउँदो वर्ष बिहे हुन्छ कि हुँदैन थाहा छैन तर विवाह गर्ने हरेक नारीको सपना हुन्छ ।’
यही भदौ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ब्रासलेट’ प्रचार प्रसारका लागि उनी धमलाको हमला कार्यक्रममा पुगेकी थिइन् ।
हेर्नुस् भिडियो अन्तर्वार्ताः
















प्रतिक्रिया