१९ कार्तिक २०८३, बिहिबार

चार फोटोमा हेर्नुस् प्रधानसेनापति क्षत्रीको पूर्वी पृतना हेडक्वार्टर भ्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army-chief

काठमाडौं, १५ भदौ । मंगलबार श्री पुर्वी पृतना हेडक्वार्टर अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणमा जानुभएका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बुधबार सप्तरी जिल्लाको राजबिराजस्थित श्री कृष्णदल गण र झापा जिल्लाको तोपगाछीस्थित श्री नं. २१ बाहिनी अड्डाको निरीक्षण गर्नु भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ ।

नियमित निरीक्षण भ्रमणको क्रममा श्री पुर्वी पृतना हेडक्वार्टर अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण पश्चात् प्रधानसेनापति क्षत्री आजै काठमाडौं फिर्ता हुनु भएको छ ।

Army-chief-purba Army-chief-purba-1 Army-chief-purba-2 Army-chief-purba-3