१९ कार्तिक २०८३, बिहिबार

पुस्तकालय दिवसमा भैरहवामा विविध कार्यक्रम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

liberary-day– नरेश केसी

भैरहवा, १५ भदौं । भदौं १५ का दिन नेपालभरी पुस्ताकालय दिवस विविध कार्यक्रम गरी मनाइएको छ । पुस्ताकालय दिवसको अवसरमा जिल्ला शिक्षा कार्यलय रुपन्देही र अमेरिकन कर्नर भैरहवा, सामुहिक विद्यालय परिवार रुपन्देही तथा भैरहवा स्रोत केन्द्र भैरहवाको सहआयोजनामा भैरहवा वृहत अन्तरक्रिया सम्पन्न भएको छ ।

भैरहवा स्थित अमेरिकन कर्नर भैरहवाको पुस्ताकालय कक्षमा भएको कार्यक्रममा नेपालमा पुस्ताकालयको इतिहांस र यसको प्रयोगको बारेमा चर्चा भएको थियो ।

जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख टेक बहादुर थापाको सभापतित्व, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको प्रमुख आतिथ्यता एवं स्थानिय विकास अधिकारी युवराज सुवेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख वक्ता वरिष्ठ पत्रकार एवं अमेरिकन कर्नरका संस्थापक दिलीप भट्टराई रहेका थिए ।

कर्नकारे सूचना अधिकृत दिपीका गिरीको सन्चालनमा सम्पन्न कार्यक्रममा सामुहिक विद्यालय परिवारका अध्यक्ष राजेन्द्र घिमिरे, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष डा. शान्त कुमार शर्मा, कोषाध्यक्ष जिवलाल अर्याल, नवौं राष्ट्रिय पुस्ताकालय दिवस समारोह समितीका सदस्य तथा भैरहवा उच्च माविका प्राचार्य चुन्न प्रसाद पाण्डे, उच्च मावि विद्यालय परियषदका सदस्य घनश्याम पाठक लगायतले मन्तब्य राख्दै पुस्तक पढ्ने बानि बसाल्न आग्रह गरेका थिए ।

सो अवसरमा वक्ताहरुले अनलाइन लाइब्रेरीको प्रयोग गरेर आधुनिक पुस्ताले सजिलै ज्ञानको प्राप्ती गर्न सक्ने भएता पनि त्यसो नभएकोमा चिन्ता समेत व्यक्त गरेका थिए ।

जिवन पर्यन्त शिक्षाका लागी पुस्ताकालय भन्ने नारा सहित देशभर ९ औं पुस्ताकालय दिवस बुधवार मनाइएको छ ।

सो अवसरमा विभिन्न विद्यालयका विद्यार्थि, पत्रकार, शिक्षक तथा पुस्तकप्रेमीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा जिवन पर्यन्त शिक्षाका लागी पुस्ताकालय भन्ने शिर्षका सम्पन्न निवन्ध प्रतियोगिताका प्रतियोगीहरु मध्ये प्रथम भएका कालिका मावि बुटवका सन्तोष भण्डारी, लक्ष्मी पौडेल सनलाइट बोडिंग हाइस्कुल पडसरीको दोस्रो, श्रीधर बेलबासे आदर्श विद्या मन्दिर भैरहवाको तेस्रो र पुजा थापा क्षेत्री दुर्गा मावि दुर्गानगरकी सान्तनवा पुस्कार प्राप्त गरेका थिए ।