काठमाडौं, १५ भदौ । टोखा नगरपालिका–१३ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ११ ग्राम र अमिम ३ ग्राम सहित ३ जनालाई लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा झापा शनिश्चरे गाबिस–५ घर बताउने ३४ वर्षीय यम भन्ने भिमबहादुर निरौला, झापा पथरिया गाबिस–५ घर बताउने ४५ वर्षीय टेकनाथ खतिवडा र ईलाम दानावारी गाबिस घर बताउने ३२ वर्षीय नारायणकुमार गिरी रहेका छन् ।
उक्त लागूऔषध उनीहरुले भारतको पानीट्याङकीबाट झापाको कााँकडभिट्टा हुँदै काठमाडौं ल्याई सेवन तथा बिक्री समेत गर्ने उद्देश्यले संचय गरी राखीको अवस्थामा ब्यूरोको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
साथै उक्त ब्यूरोको शाखा कार्यालय कााँकडभिट्टाको प्रहरीले नुवाकोट ओखरपौवा–४ का २९ वर्षीय हरिनाथ कोइरालालाई अवैध लागूऔषध ब्राउन सुगर ४० ग्रामसहित झापा मेची नगरपालिका–१० कााँकडभिट्टाबाट भदौ १० गते पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया