काठमाडौं, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्धि-सम्धिनी ढोगभेट जुरेको छ ।
पुत्र प्रकाश दाहालकी तेस्री पत्नी अर्थात तेस्री बुहारी बीना मगरका मतापितासँग प्रधानमन्त्री दाहालले आफ्नो निवास लाजिम्पाटमा ढोगभेट गरेका हुन् ।
पुत्र प्रकाशका पहिलो ससुरा पार्टीमा आफ्ना सहयोद्धा भएकाले बिहे अगाडि नै दाहालसँग हजारौं पटक भेटघाट हुने गथ्र्यो । पहिलो बुहारीसँग छोराले सम्बन्ध विच्छेद गरेपछि दाहालले पुत्र प्रकाशको कास्कीकी सिर्जना त्रिपाठीसँग मागी बिवाह गरेका थिए । मागी विवाह गरेकाले दोस्री बुहारीका मातापितासँग भेट्न दाहाललाई लामो समय कुर्नु परेन ।
तर, दोस्री पत्नी हुँदाहुँदै अर्काकी पत्नीलाई भगाएका कारण प्रधानमन्त्री दाहालको सम्धि सम्धिनी ढोगभेटको अवसर जुरेको थिएन । पुत्र प्रकाशसँग भागी बिवाह गरेकी बुहारी विनाले सम्धि सम्धिनी भेटको अवसर जुराएकी हुन् । ‘संसदबाट प्रधानमन्त्री निर्वाचित भए लगत्तै डेरा बसिरहेका बाबु आमालाई विनाले फोन गरेर लाजिम्पाट बोलाइन् र प्रचण्ड छिर्नासाथ फूलमाला सहित सम्धि सम्धिनी भेटघाट भयो । सम्धी भेटको फोटो उनले फसबुकमै अपलोड गरिन् । तर फोटो आधा घन्टा पनि टिक्न पाएन । जब फोटो हालिन् तव कम्मेन्टमा गाली बर्सिए– लाजमर्दो ।’
प्रकाशले तेस्री पत्नी बीनाबाट पनि सन्तान लाभ गरिसकेका छन् ।
जनआस्था साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया