२९ आश्विन २०८३, बिहिबार

खुस्बु ओलीका बाबुद्वारा धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khusbu-Oli

मोहन बास्तोला

काठमाडौं, १० भदौ । प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी चरीकी प्रेमिका भनिएकी खुस्बु ओलीका बाबु श्याम ओलीले समाचार लेखेको विषयलाई लिएर दैनिक नेपाललाई धम्क्याएका छन् ।

दैनिक नेपाल डटकममा प्रकाशित समाचारको विषयलाई लिएर खुस्बुका बाबुले मंगलबार दिउँसो सवा ४ बजे टेलिफोनबाट धम्क्याएका हुन् ।

‘मेरो छोरीको बारेमा नराम्रो मात्रै लेख्ने ? तिमीहरुको हातखुट्टा भाँचिदिन्छु, जहाँ भेट्यो त्यहीँ ठीक पार्छु, मेरो मोबाइल नम्बर पुलिसलाई दिए नि केही फरक पर्दैन भन्दै खुस्बुका बाबु श्यामले पोस्टपेड मोबाइलबाट मुखछाड्दै गालीगलौज र धम्की दिएका हुन् ।

दैनिक नेपालका सम्पादक गणेश पाण्डे र कार्यालयमा समेत फोन गरेका ओलीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पनि ‘जहाँ भेट्यो त्यहीँ ठीक पार्ने’ चेतावनी दिएका छन् । बाबुले धम्क्याउँदा खुस्बु पनि सँगै थिइन् ।

दैनिक नेपालका सम्पादक पाण्डेले भने समाचारको विषयमा चित्त नबुझे खण्डन गर्न या कानुनी प्रक्रिया अपनाउन सुझाव दिएका थिए ।

दैनिक नेपाल डटकम र दृष्टि साप्ताहिकले छ महिना अघि नै दिनेश अधिकारी र खुस्बुको सम्बन्धका विषयमा समाचार सार्वजनिक गरेको थियो । चरीसँग सिंगापुर घुम्न गएको समाचार सार्वजनिक भएपनि खुस्बुले भने त्यतिबेला ढाँटेकी थिइन् । दिनेश अधिकारी ‘चरी’ आफ्नो प्रेमी नभई परिवारको सदस्यमात्रै भएको उनले दाबी गरेकी थिइन् । चरीसँग जोडेर समाचार लेखेको भन्दै उनले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठविरुद्ध मुद्दा समेत हालेकी थिइन् । जुन मुद्दा खुस्बुले दुई महिना अघि मात्रै हारेकी थिइन् । कुनै बेला चरीसँगको सम्बन्ध बाहिर ल्याउन समेत हिच्किचाउने खुस्बु चरी मारिँदा भने एकाएक उनको प्रेमिकाको रुपमा सार्वजनिक भएकी थिइन् । चरीको हत्यापछि नेपाल प्रहरी, पूर्वप्रेमी अर्पण कोइराला लगायतलाई विभिन्न आरोप लगाउँदै आएकी खुस्बु, उनको सम्पत्तिमाथि प्रहरीले समेत अनुसन्धान गरिरहेको छ ।

खुस्बु र चरीका विषयमा दैनिक नेपाल डटकमले लगातार समाचार सार्वजनिक गर्दै आएको छ । मंगलबार पनि खुस्बुका अर्का प्रेमी पनि रहेको विषयमा दैनिक नेपाल र दृष्टिमा समाचार प्रकाशित भएको छ ।

खुस्बुले आफ्नो बाबुलाई लगाएर गुण्डाकै शैलीमा धम्क्याउनुलाई दैनिक नेपाल डटकमले गम्भीर रुपमा लिएको छ । हामी यस्ता कायरतापूर्ण धम्कीबाट कहिल्यै पनि बिचलित नहुने दृढता व्यक्त गर्दछौं ।

दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठले पनि धम्क्याउनुलाई कायर मानसिकताकताको संज्ञा दिएका छन् ।

प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले पनि धम्कीको भत्र्सना गर्दै ओलीलाई कारबाही गर्न माग समेत गरेका छन् ।

यो पनि पढ्नुहोस:
चरीकी प्रेमिका खुश्वु ओलीका अर्का प्रेमी पनि भेटिए