१९ कार्तिक २०८३, बिहिबार

एमालेले सरकारलाई सहयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purushottam-paudel

डडेल्धुरा, १५ भदौ । स्थानीय निकायको चुनाव गराउनु नै सविंधान कार्यान्वयनको प्रमुख प्राथमिकता भएकाले यसका लागि नेकपा एमाले तयार रहेको पूर्वमन्त्री तथा एमाले नेता पुरुषोत्तम पौडेलले बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा संविधान कार्यान्वयन र मधेस आन्दोलन समाधान गर्नु हाम्रो मुख्य चासो र सरोकारको विषय हो भन्दै उहाँले यसका लागि नेकपा एमाले सरकारलाई सहयोग गर्ने तत्पर छ भन्नुभयो । ।

स्थानीय तहको पुनःसंरचना हुँदा नागरिकलाई सेवा र सुविधा प्रदान गर्नसक्ने ताकत राज्यसँग हुनुपर्नेमा जोड दिंदै नेता पौडेलले सेवा र सुविधा दिन नसक्ने गरी स्थानीय निकायको सङ्ख्या बढाउन नहुने उल्लेख गर्नुभयो । रासस