११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाभित्र यसरी भयो फोन ‘काण्ठ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-.jpgकाठमाडौं, १५ भदौ । मधेसी दलकै समर्थनमा गठन भएको प्रचण्ड नेतृत्वको सरकारबाटै मधेसी नेता उपेक्षामा परेका छन् । उपप्रधानमन्त्रीसमेत रहेका मधेसकै नेता विमलेन्द्र निधिले मधेसका शीर्षस्थ नेताको फोन नउठाएसँगै उनीहरु निधिसँग बिच्किएका हुन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

भएको चाहिँ के रहेछ, भने मधेसका नेता राजेन्द्र महतो तारन्तार गृहमन्त्री निधिलाई फोन सम्पर्क गर्दा रहेछन् । तर, उनको फोन आएसँगै विमलेन्द्रले विजी मोडमा राखिदिने र फोन नै नउठाइदिँदा उनी हत्तु भए ।

उही हालतमा रहेछन्, महन्थ ठाकुर पनि । जब–जब महन्थ फोन सम्पर्क गर्छन्, उनको फोनसमेत विमलेन्द्रले रिसिभ नगर्ने ।

कहिले ‘बिजी मोड’मा राखिसदने, कहिले ‘कल डाइर्भट’ गरिदिने । यसरी मधेसका अधिकांश नेता विमलेन्द्र निधिले फोन रिसिभ नगरेर हतु भएका छन् ।

मधेसका अधिकांश शीषएस्थ नेताको फोन उनले रिसिभ नगरिरहँदा राजेन्द्र महतोको पार्टीका महासचिव मनीष सुमनको फोन रिङ जानै नपाई निधिले रिसिभ गरेसँगै अहिले मधेसी मोर्चामै हल्लीखल्ली मच्चिएको छ ।