काठमाडौं, १५ भदौ । गृह मन्त्रालयले निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको एक पाकिस्तानी नागरिकलाई इतिहाद एयरलाइन्सले बोर्डिङ पास नदिई फर्काइदिएको छ ।
निष्कासित यात्रुको उडानबारे अध्यागमन विभागले समयमै समन्वय नगरेको भन्दै इतिहादले ती पाकिस्तानीलाई फर्काइदिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
विभागले भने सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरिसकेको अवस्थामा कुनै यात्रुबारे जानकारी गराउन जरुरी नभएको दाबी गरेको छ ।
चोरी मुद्दामा जेल सजाय भोगेका पाकिस्तानी नागरिक राना गणेशबहादुरलाई विभागको सिफारिसमा गृह मन्त्रालयले एक वर्ष अवधिभर नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको थियो ।
काठमाडौंबाट पाकिस्तानसम्म जाने कुनै एयरलाइन्स नभएकाले रानाले काठमाडौंबाट अबुदाबी हुँदै इस्लामावाद जाने टिकट लिएका थिए ।
इतिहाद एयरलाइन्सले आफूलाई दुर्व्यवहार गरेको भन्दै उनी अर्को विमानबाट पाकिस्तान जाने तयारीमा छन् ।















प्रतिक्रिया