१९ कार्तिक २०८३, बिहिबार

कालाबजारीलाई तह लगाउनुस्ः मन्त्री थकाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

romi-gauchanगोरखा, १४ भदौ । वाणिज्यमन्त्री रोमी गौचन थकालीले गुणस्तरहीन खाद्यान्न बिक्री वितरण तथा कालोबजारी गर्नेलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

“ढुक्क भएर काम गर्नुहोस्, कालाबजारीयालाई कारबाही गर्दा तपाईंको सरुवा हुँदैन”–आज गोरखामा आयोजित अन्तक्र्रियामा उहाँले भन्नुभयो, “तस्करी तथा कालाबजारीलाई कारबाही गर्न सरकार पछि पर्दैन ।”

बजार अनुगमन चाडबाडका बेला मात्रै गर्ने नभई वर्षभरि नै गरिने उहाँको भनाइ थियो ।

यसैबीच मन्त्री थकालीले आजै भर्खरै पुनःनिर्माण सम्पन्न भएको ताप्ले गाविसस्थित महालक्ष्मी माविको भवन उद्घाटन गर्नुभयो । उक्त भवन कोरियाका विभिन्न सङ्घसंस्थाको करिब रु दुई लाखको लागतमा निर्माण गरिएको बताइएको छ । रासस