१९ कार्तिक २०८३, बिहिबार

गृहमन्त्री निधि र राष्ट्रसङ्घका उपमहासचिव खेर भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimalendra-Nidhi

काठमाडौँ, १४ भदौ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घ स्थलगत सहयोग विभागका उपमहासचिव अतुल खेरले आज भेटवार्ता गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री निधिले संयुक्त राष्ट्रसङ्घले नेपालको शान्तिप्रक्रिया, भूकम्पपछिको पुनःनिर्माणलगायतमा पुर्याएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

भेटमा गृहमन्त्रीले आगामी दिनमा पनि नेपालमा राष्ट्रसङ्घको थप सहयोगका लागि आग्रह गर्नुभएको गृहप्रवक्ता यादव कोइरालाले जानकारी दिनुभयो ।

भेटमा उपमहासचिव खेरले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँले राष्ट्रसङ्घले नेपाललाई दिँदै आएको सहयोग थप गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस