काठमाडौँ, १४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घ, स्थलगत सहयोग विभागका उपमहासचिव अतुल खेरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको उक्त भेटमा उहाँहरू नेपाल सरकार र संयुक्त राष्ट्र सङ्घबीच रहिआएको सम्बन्ध तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपालको योगदानलगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिनुभयो ।
सो अवसरमा राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल तथा अन्य उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । रासस













प्रतिक्रिया