मुम्बई । ‘मोहेन्जो दारो’को असफलताले तनावमा रहेका बलिउड अभिनेता ऋतिक रोशन फिल्म ‘काबिल’को शुटिङ सेटबाटै गायब भएका छन् ।
उनी केही दिन अगाडि कसैलाई जानकारी नै नदिई फिल्मको छायांकन छाडेर सम्पर्कविहिन भएपछि फिल्मका निर्मातालाई हरेक दिन १२ लाख घाटा भएको भारतीय मिडियाले जनाएका छन् ।
ऋतिकका पिता राकेश रोशनका अनुसार स्वास्थ्य अवस्थाका कारण ऋतिक केही दिन आराम गर्न गएका थिए ।















प्रतिक्रिया