२ कार्तिक २०८३, सोमबार

अब अनुदान सम्झौता सहज हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa-Money

काठमाडौँ, १४ भदौ । पुनःनिर्माणमा ढिलाइ भइरहेको जनगुनासो आइरहेकाबेला सरकारले अनुदान सम्झौता प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण निर्णय गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा करारमा खटाएका इन्जिनियरलाई नै अनुदान सम्झौता र गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन गर्न पुनःनिर्माण प्राधिकरणलाई सहमति दिने निर्णय भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको मन्त्रिस्तरीय निर्णयपछि भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ताबापतको रकम उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

यसअघि पुनःनिर्माण प्राधिकरणले अधिकांश ठाउँमा गाविस सचिव नभएका कारण सम्झौता हुन नसकेकाले करारमा खटाएका इन्जिनियरलाई नै सम्झौताको अधिकार प्रत्यायोजन गर्न सहमति माग गरेको थियो ।

सहरी विकास मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा तथ्याङ्क सङ्कलन तथा प्राविधिक कार्यका लागि एक हजार ३४६ प्राविधिक जनशक्ति खटाएको छ । यसरी खटाइएका इन्जिनियरले अब गाविस सचिव दरबन्दी रिक्त रहेका गाविसमा अनुदान सम्झौताको काम गर्नेछन । रासस