३० आश्विन २०८३, शुक्रबार

६ कक्षामा पढ्दा प्रेम विहे, ७ कक्षामा छोराकी आमा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot-lady

जाजरकोट, १० भदौ । झट्ट सुन्दा अचच्म लाग्न सक्छ ७ कक्षामा पढ्ने बालिका आमा बनेकी छिन भन्दा । यो सत्य साबित भएको छ जाजरकोटको एक बिद्यालयमा अध्यनरत छात्रा छोराको आमा बनेपछि ।

कालिका माद्यमिक बिद्यालय रामीडाँडामाकी ललित कुमाईले कक्षा ७ मा पढ्दै गर्दा छोरा जन्माएकी छिन् । ६ कक्षामा पढ्दा गत मंसिर १ गते सोही बिद्यालयमा कक्षा ८ अध्ययतरत नबराज बोहरासँग उनको प्रेम बिबाह भएको हो । प्रेम बिबाह गरेको १० महिनापछि भदौ १ गते ललिता र नबराज छोराका आमा बाबु बनेका छन् ।

सक्ला गाविस वडा नं ३ की ललिता र रामीडाँडा गाविस ९ धौलाकोटका नबराजको एउटै स्कुलमा पढ्दा पढ्दै गर्दा ५ कक्षामा ललिता र ७ कक्षामा नवराज पढ्दा नै लभ परेको नबराज स्वीकार गर्छन । लभ परेको १ बर्षपछि बिवाह गरियो । बिबाह भएको १० महिनामै छोरा जन्मियो नबराजले लजाउदै भने । अहिले कक्षा ९ मा अध्ययनरत नबराज र ७ कक्षामा अध्ययनरत ललितालाई पढाईको भन्दा छोरा हुर्काउने चिन्ता बढेको छ ।

१५ बर्षीया ललिता र १६ बर्षिय नबराज छोरा जन्मिए पनि पढाई भने नछोड्ने बताउँछन् । दुबैले छोरा हुर्काउने र पढ्ने काम संगसंगै गर्छौँ, ललिताले मुख छोपेर भनिन । उनीहरुलाई सानैमा बिबाह गर्नु हुन्न भन्ने सल्लाह कसैले नदिएकोले बिबाह चाँडो गरेकोमा भन्दा आमा बाबु बनेकोमा लाज लागेको छ । हतार नगर्नु पथ्र्यो गरि हालियो अब जे भयो भयो ललिताले थपिन ।

अन्धबिश्वास र अशिक्षाका कारण जाजरकोटमा बालबिबाह गर्ने प्रचलनमा कमी आएको छैन । तर, पछिल्लो समयमा भने स्कुलमा पढ्ने बालबालिका नै बिबाह गर्ने क्रम बढेको छ । ६ कक्षादेखि नै बालिकाहरु सिन्दुर हालेर स्कुल पढ्न आउने गरेको कालिका माद्यमिक बिद्यालयका प्रधानाध्यापक पृथ्बीराज ज्योती बताउँछन् । बालबिबाह रोक्न बिभिन्न निकायले कार्यक्रम नै संचालन गरेपनि त्यो कागजमै सीमित हुने गरेको छ । परिवारबाट नै बालबिबाह रोक्ने पहल नगर्दा बिद्यालयमा भनेर मात्र नपुग्ने प्रअ ज्योतिको भनाइ छ ।