२ कार्तिक २०८३, सोमबार

बालुवा चाल्ने मजदुरले ज्याला नपाएको गुनासो

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-भोबिन्द्र शाह
बाजुरा, १४ साउन । बाजुरा ब्रह्मतोला ७ का स्थानियहरुले बालुवा चालेको मजदुर ज्याला नपाएको गुनासो गरेका छन ।

गत माघ महिनाबाट सेरा बगरको ब्रह्मतोलामा बालुवा चाल्ने जिम्मा लिएको केएस नन्देगडा कम्पनीले ब्रह्मतोला ७ का स्थानियहरुलाइ दिनको ४ सय ५० का दरले ज्याला दिने भनेपछि उक्त काममा दिनरात नभनी निरन्तर काम गरेको र काम गरेको ८ महिना बितिसक्दा पनि आफुहरुले ज्याला नपाएको ज्यामी खडक अधिकारीले बताएका छन ।

आफुहरुले गत माघ २४ गतेबाट काम थालेको र काम गरेको भएपनि काम गरेको पुरा रकम नदिएर ठेकेदार एकाएक सम्पर्क बिहिन भएपछि ३७ जना मजदुरहरुले प्रहरी चौकी टाटेमा लिखित रुपमा उजुरी दिएको प्रहरी चौकी टाँटेले बताएको छ ।

केएस नन्देगडा कम्पनिका ठेकेदार धुब्र कुबँरले मजदुरहरुले चार किसिमको बालुवा चाल्नु पर्ने भएकाले उनीहरुले राम्रो काम नगरेका कारण कम्पनिले पैसा रोकेको बताएका छन ।

काम गराउने जिम्मा स्थानिय ठेकेदार बिमल थापा र धनश्याम रेग्मीलाई दिइसकेकाले कामदारहरु सँग कुनै सम्झौता नभएको कुरा जानकारी दिएका छन ।

प्रहरी चौकी टाटेका सइ पदमराज पाण्डेका अनुसार आफुले स्थानिय ठेकेदार बिमल थापा र घनश्याम रेग्मीलाइ सम्पर्क गर्दा तत्काल ज्याला उपलब्ध गराउने कुरा बताएको जानकारी दिएका छन ।

आफुहरुले आठ आठ महिना सम्म काम गरेको पैसा कम्पनिले नदिए पछि मजदुर थप पिडामा रहेको ब्रह्मतोला ७ का मिलन अधिकारीले बताए ।
असारको महिनामा समेत खेतबारीमा काम नगरी बालुवा चाल्ने काम गरीयो तर बिचमा आएर ठेकेदारले धोका दिएको र अब के गर्ने आफ्ना गुनासा कसले सुनिदिने स्थानिय नामसरा अधिकारीले दुखेसो गरेकी छन ।

बिचमा दस देखी ब्राह हजार रुपैया मात्र दिएको र बाँकी दुइ दिन भित्र पैसा दिने आश्वाशन दिएको भए पनि पैसा नपाएको मजदुरहरुले गुनासो गरेका छन ।
स्थानिय ठेकेदार थापाका अनुसार मजदुरहरुले ५ लाख नगद र ४० देखि ५० हजार बराबरको खाद्यान्न लिइसकेको र काम राम्रो नभएका कारण पिएस कन्ट्रकसन सँग पुन गिट्टी बालुवा खरिद गरी बिल भरपाइ मिलाइ गरी सकेपछि मात्र मजदुरहरुले ज्याला पाउने बताएका छन ।
सडक बिभाग कार्यालयले काम गुणस्तर नभएको भन्दै बिल भरपाइ नमिलेको बताएको छ ।

दसै भन्दा अगाडी मजदुरको ज्याला दिइसक्ने स्थानिय ठेकेदारले बताएका छन ।

काम गरेको मजदुर ज्याला नपाएपछि र सरोकारवाला निकायहरुले पनि वास्ता नगरेपछि आन्दोलन गर्न बाध्य हुने मजदुरहरुले बताएका छन ।