११ कार्तिक २०८३, बुधबार

एसपी सरुवामा आईजीको मनपरी, मुख्यालयमा भाँडभैलो सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Durja-kumar-raiकाठमाडौं, १४ भदौ । सशस्त्र प्रहरीले पक्षपात र पैसाको चलखेल गर्दै ७७ जना एसपीहरुको सरुवा गरेको हल्लाले हेर्ड क्वाटरमा हंगामा मच्चिएको छ ।

शसस्त्र प्रहरीमा कसैलाई दुई बर्षदेखी कमाण्ड दिएको छैन भने कसैलाई पाँच पाँच पटकसम्म कमाण्ड दिएपछि यो पैसाको चलखेल भएकोे हल्ला हेड क्वार्टरमा चलेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

दुई वर्षदेखि कमाण्ड नपाएका एसपीहरू नवराज अर्याल र मधुकृष्ण गड्तौलालाई यसपटक पनि कमाण्ड दिइएको छैन् भने कुनै एसपीले पाँच पटकसम्म पनि कमाण्ड पाएका छन् ।

७७ जना एसपीहरूको सरूवा गरेको छ । शसस्त्रको यस पटकको सरूवामा पनि पक्षपात हुनुको साथै पैसाको व्यापक चलखेल भएको स्रोतको दावी छ

प्राविधिक एसपी विदुर खड्का, भगवान मल्ल र भरत वावु केसीले यसपटक पनि आकर्षक मानिने कमाण्ड पाएका छन् ।

उनीहरू एसपी पदमा सवैभन्दा वढी अवसर पाउने भाग्यमानी अधिकृतहरू हुन् । खड्काले दक्षिणकाली गण, मल्लले सिमा सुरक्षा कार्यालय रौतहट र केसीले दन्तकाली गणको कमाण्ड पाएका छन् । सरूवाको अन्तिम टुंगो आईतवार राति गृहमन्त्री विमलेन्द्र निधिको सरकारी निवास पुल्चोकमा लागेको थियो ।

स्रोतकाअनुसार सरूवामा आईजिपी दुर्जकुमार राईको भतिजा नाता पर्ने लाहुरे पृष्ठभूमि भएका युवाले चलखेल गरेका छन् । आईजिपी राईले उनिमार्फत नै सरूवामा आर्थिक चलखेल गरेको विश्वस्त स्रोतले जानकारी दियो ।

सरूवावारे एआईजीको वैठक राखेपनि कसैलाई दवाव नदिन राईले चेतावनी दिएको थिए । उनले मापदण्ड वनाएर सरूवा गर्ने वताएपनि अन्तिममा राजनीतिक दवाव र आर्थिक प्रलोभनमा परेर सरूवा भएको देखिएको शसस्त्रका एक एआईजीले भने ।