११ कार्तिक २०८३, बुधबार

सांसदहरूलाई सत्ताको भर्‍याङ बनाएको गुनासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsad Meetingकाठमाडौं, १४ भदौ । प्रमुख दलका शीर्ष नेताहरुले संसदलाई उपेक्षा गरेको भन्दै सांसदहरुले आक्रोश व्यक्त गरेका छन् ।

शीर्ष नेताहरुले संसदलाई सत्ताको भर्‍याङ बनाउने कार्यवाहेक अरू केही नगरेको आरोप सांसदहरुको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

सत्ता परिवर्तनको समयबाहेक शीर्ष नेताहरु संसद बैठकमा उपस्थित नहुने गरेको गुनासो सांसदहरुको छ ।

संविधानसभाको पहिलो बैठकदेखि व्यवस्थापिका संसदको सोमबार बसेको बैठकसम्म अधिकांश दिन शीर्ष नेताहरुसहितका पहिलो मर्यादाक्रममा रहने सबै नेताको कुर्सी खाली देखिँदै आएको छ ।

संसदको सोमबारको बैठकमा सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका सांसद जनराज जोशीले विशेष समय लिएर संसदमा शीर्षसहति पहिलो मर्यादाक्रममा रहेने नेताहरुको आसन महिनौसम्म किन र केका लागि खाली हुन्छ भन्दै सभामुखको ध्यानाकर्षण गरे ।