३० आश्विन २०८३, शुक्रबार

गिरिजाबाबुलाई सम्झिए प्रचण्डले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, १० भदौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको कमी महसुस भएको बताउनुभएको छ ।

मंगलबार व्यवस्थापिका संसदको बैठकको सुरुवातमै समय मागेर बोल्दै प्रचण्डले अहिले नेपाली राजनीतिमा शान्ति प्रक्रिया र १२ बुँदे संझौताको मर्म र भावना बुझ्ने गिरिजाबाबु जस्ता नेताको अभाव भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज यो मञ्चबाट बोल्दा एउटा ठुलो अपूर्णताको महसुस गरिरहेको छु, प्रधानमन्त्री सुशील कोइरालाले पटक–पटक ‘म गिरिजाबाबुकै लिगेसीमा छु’ भन्नुहन्छ तर विगतका सहमतिलाई अवमुल्यन गरियो त्यसको महत्व बुझिएन भने देश गम्भीर दुर्घटनामा पर्छ । सभामुख महोदय म देश गम्भीर दुर्घटनामा जाने चित्र देख्दैछु ।’

अध्यक्ष प्रचण्डले विगतमा संसद् भएकै अवस्थामा गिरिजाबाबुको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरेको स्मरण समेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘चार बुँदे सहमति भित्र उच्चस्तरीय संयन्त्रको भूमिका किन राखिएको हो भने सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा बसेर संविधान निर्माणमा महत्वपूर्ण निर्माण गर्न सहज होस ।’ ठूलो मुल्य चुकाएर यस्तो गरेर समाधान ननिस्कने पाठ सिकेको भन्दै प्रचण्डले त्यो नगरे देश गम्भीर दुर्घट्नामा जाने संकेत देखिदै बताउनुभयो ।

अध्यक्ष प्रचण्डले सरकारले प्रतिपक्षलाई हेप्न थालेको गुनासो पनि गर्नुभयो ।