१९ कार्तिक २०८३, बिहिबार

चोरीपैठारीमा संलग्न दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । मोरङको बुद्धनगर ६ लौकाटोलबाट एपीएफ टोलीले सोमबार करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका २४ वर्षिय सन्तोष यादव र १८ वर्षिय धिरज राम छन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ५४ जोर कुर्ता सुरुवालसहित पक्राउ गरेको हो ।

साथै उनीहरुले प्रयोग गरेको एक थान मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय ले जनाएको छ ।