१९ कार्तिक २०८३, बिहिबार

मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको अधिकारका लागि लड्ने प्रतिबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadharan-sava-600x600

काठमाडौं, १३ भदौ । महिलाको निम्ति महिला मञ्च नेपालले सोमवार श्रमिक महिलाहरुको सवालमा सरोकारवाला निकायहरुको दायित्व विषयमा अन्तरक्रिया कार्यक्रम तथा संस्थाको ७ औं साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिकी सभापति तथा सांसद रन्जु झाले आफू यसै विषयसँग सम्बन्धि भएर सांसदमा कानून बनाउन लागेको र मनोरन्जन क्षेत्रलाई व्यवस्थित गर्न के गर्नु पर्छ यसमा सबैको साथ र सहयोगको खाँचो औल्याउनु भएको छ ।

त्यसैगरि राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य मनु हुमागाईले आफू आयोगमा हुँदा पनि यहि क्षेत्रलाई व्यवस्थित गर्न लागिपरेको र अहिले पनि श्रम ऐनमा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको सवाल समेटनु पर्छ भन्ने विषयमा वकालत गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम विभाग काठमान्डौका कारखाना निरीक्षक संजय थिङ्गले शंशोधनको क्रममा रहेको श्रम ऐनले पक्कै पनि श्रमिक महिलाहरुको सवालमा कानूनको व्यवस्था गर्ने कुरामा जोड दिनु भएको छ ।

साथै गोगंबु प्रहरी प्रभागकि प्रहरी निरिक्षक पूर्णिमा चन्दले मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको सुरक्षाको सवालमा आफू सधै चनाखो भएको र महिलाको सुरक्षाको लागि आफू हदैसम्म खटेको कुरा व्यक्त गर्नुभयो ।

दोहरी साँझ तथा डान्सबारमा काम गर्ने श्रमिक महिलाहरुको सख्या काठमाण्डौमा मात्र करिब ५० हजारको हाराहारीमा रहेको सरकारी तथ्यांक रहे पनि दिन दिनै यस क्षेत्रमा कार्य गर्ने महिला श्रमिकहरुको सख्या बढिरहेको छ । उनीहरुलाई कार्यगर्ने संस्थाले परिचय पत्र र नियुक्ति पत्र पनि नदिएको यस स्थितिमा श्रम ऐनले आफनो सवाललाई समेटने जिज्ञासा उपस्थिीत सहभागिले राखेको थिए ।

अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको मानव अधिकार र श्रम अधिकारको लागि २०६४ साल देखि मञ्चले राज्य सामू पैरवी र दवाव दिदै आइरहेको छ ।