१ कार्तिक २०८३, आइतबार

शाहरुख खानलाई हरिणको छालाबाट जुत्ता बनाउने पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shah-rukh-khan-filmfare-shootमुम्बई । पाकिस्तानको वाइल्डलाइफ डिपार्टमेंटले बलिवुड अभिनेता शाहरुख खानका लागि हरिणको छालाबाट जुटा बनाउने एक जना पाकिस्तानी मोचीलाई गिरफ्तार गरेको छ ।

पेशावरको पुराना कालिगढ जहांगीर खानले शाहरुख खानका लागि हरिणको छालाबाट जुत्ता बनाइदिएको बताएका थिए । जहांगीर खान अनुभवी कलिगढ मानिन्छन् । उनले आफूले हरिणको छालाबाट शाहरुखलाई जुत्ता बनाएको पत्रकारहरूलाई बताउने वित्तिकै वाइल्डलाइफ डिपार्टमेन्टले पक्राउ गरेको हो ।

वाइल्डलाइफ डिपार्टमेंटले पेशावरीमा जुता बनाउन राखिएको हरिणको छाला पनि बरामद गरिएको छ । पाकिस्तानमा हरिणको शिकार गर्न प्रतिवन्ध छ ।

जहांगीरलाई हिरासतमा राखेर प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ । यो घटनामा को को सहभागी छन् भनेर पनि अनुसन्धान सुरु भइसकेको छ ।

शाहरुख खानकी कान्छी बहिनी नूरले हरिणको छालाको जुत्ता भारत लैजाने तयारी गरेकी थिइन् । शाहरुखसँग नूरले पाकिस्तानबाट के ल्याइदिउँ भनेर सोधेकी थिइन् । त्यस बेला शाहरुख खानले चप्पल ल्याइदिन आग्रह गरेका थिए । – एजेन्सी