मुम्बई । अभिनेत्री तमन्ना भाटियाले ‘बाहुबली– २’को शूटिङका लागि अत्यन्तै उत्साहित भएको बताएकी छिन् । फिल्मको ऐतिहासिक ऐक्शन, ऐडवेञ्चर संस्करणलाई लिएर आफू उत्साहित भएको तमन्नाको भनाइ छ ।
२६ वर्षीया तमन्नाले फिल्मकै लागि भनेर घोँडाको सवारी र तरवार चलाउन सिकिरहेकी छिन् । फिल्मको शूटिङमा सजिलो होस् भनेर उनले यी कला सिकेकी हुन् ।
तेलगु अभिनेत्री तमन्नाले एस.एस. राजमौलीको थुप्रै भाषामा बनेको फिल्म ‘बाहुबली द बिगनिंग’ केवल बक्स आफिसमा सफलता पाएको थिएन, बल्कि यो वर्षको भारतीय राष्ट्रिय पुरस्कारमा बेस्ट फीचर फिल्मको पुरस्कार जितेको थियो ।
तमन्नाले भनेकि छिन्, ‘बाहुबलीको रिलिजसँगै तनाव भएको थियो । हामीलाई थाहा थिएन दर्शकहरूले फिल्मका विषयमा कस्तो प्रतिक्रिया दिन्छन् भनेर । तर दर्शकहरू फिल्मको दोस्रो भाग हेर्नका लागि उत्साहित छन् ।’
महाकाव्यात्मक ऐतिहासिक कथामा आधारित बाहुबली फिल्ममा प्रभाष, राना दग्गुबाती, तमन्ना र अनुष्का शेट्ठीले प्रमुख भूमिका निभाएका थिए । – एजेन्सी















प्रतिक्रिया