काठमाडौं । गायक प्रमोद खरेलको स्वर तथा पछिल्लो समय उदायमा गीतकार सूर्य श्रेष्ठको शब्द रहेको ‘पारी नतर्दै…’ बोलको गीतमा बनेको भिडियो सार्वजनिक भएको छ ।
यूट्यूवमार्फत सार्वजनिक भएको यो गीतमा सचिन गिरीले संगीत दिएका छन् । मार्मित यो गीतमा भिडियो पनि त्यस्तै बनाइएको छ । भिडियोमा गीतकार समेत रहेका मोडल सूर्य श्रेष्ठ र सुजना ढुङ्गानाले अभिनय गरेका छन् । गीतको भिडियो हरपल गुरुङ्गले निर्देशन गरेका हुन् ।
चलचित्र सिलसिला र टेलिचलचित्र यसपालिको दशैँ, झ्याइक्टी झ्याइँ, दशैँ होकी दसा लगायतमा अभिनय गरिसकेका सूर्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा पनि छन् ।















प्रतिक्रिया