११ कार्तिक २०८३, बुधबार

यी हुन् डा. शेखर कोइरालालाई मन्त्री बन्नबाट रोक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shekhar-koiralaकाठमाडौं, १३ भदौ । कांग्रेसका डा.शेखर कोइरालालाई परराष्ट्र मन्त्री बन्न रोक्नुको मुख्य कारण कट्टर हिन्दूवादी भएकाले हो भनिन्छ ।

हिन्दू विरोधी पश्चिमा क्रिश्चियन शक्तिहरुले षड्यन्त्र गरेर डा.शेखरलाई रोकेको कोइराला परिवार निकटहरुले टिप्पणी गर्न थालेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

डा.शेखरलाई रोक्नुको अर्को महत्वपूर्ण कारण राजदूत नियुक्ति कर्मचारी बाहेकको खारेज भइसकेको छ र अब नयाँ सरकारले नियुक्त गर्नेछ ।

यसमा डा.शेखर हावी हुन्छन्, आफूलाई टेर्दैनन् भन्ने ठानेर देउवाले डा.शेखरलाई साइड लगाउन डा.प्रकाश शरण महतलाई अगाडि सारेको कतिपयको दावी छ ।