काठमाडौं, १३ भदौ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बेला–बेला हावा–कावा खेलाउँछन् ।
काजीकै कारण प्रचण्ड कतिपय आफ्ना निर्णयहरुबाट ‘ब्याक’ समेत हुनुपरेको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।
यस्तै अर्का एक काजीकै रवैयाबाट ५५ हजार बढी पशु प्राविधिकमा खैलाबैला मच्चिएको छ ।
नातामा नारायणकाजीका भतिज पर्ने पशु चिकित्सक डा.शीतलकाजी श्रेष्ठका कारण ५५ हजार प्राविधिक मर्कामा परेको गुनासोहरु प्राप्त भएको छ ।
नेपाल पशु चिकित्सक संघको अघिल्लो कार्यालमा महासचिव र हाल अध्यक्ष रहेका काजीले आफ्नै पहलमा विगतमा पशु प्राविधिहरुसँग गरेको सहमति लत्याएपछि ५५ हजार पशु प्राविधिकले वैधता हासिल गर्न सकस खेपेका छन् ।
पशु प्राविधिकले वैधता हासिल गर्न नसक्दा एकातिर ग्रामीण इलाकामा सेवाग्राहीहरु सेवाबाट बञ्चित भएका छन् भने अर्कातिर पशु चिकित्सकको सहायकको रुपमा मात्र काम गर्न पाउने अनुमति पाएका भेटेनरी प्राविधिक अन्योलमा परेका छन् ।















प्रतिक्रिया