११ कार्तिक २०८३, बुधबार

अब बिदेशबाट थोरै सुन पनि ल्याउन सकिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goldकाठमाडौं, १३ भदौ । अबदेखि एक केजीभन्दा सानो परिमाणको टुक्रा सुन पनि आयात गर्न पाइने भएको छ ।

एक केजीको टुक्रा मात्रै आयात गर्दा खरिद–बिक्रीमा समस्या भएको भन्दै सानो परिमाणका टुक्रा सुन पनि आयात गर्न पाइने व्यवस्था गर्न लागिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

अहिलेसम्म एक केजीभन्दा सानो परिमाणको टुक्रा भएको सुन आयात गर्न पाइने व्यवस्था थिएन ।

यस्तो अवस्था परिवर्तन गरेर १ सय, २ सय, ५ सय र एक केजी परिमाणको टुक्रा सुन आयात गर्न पाइने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंक विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए ।