११ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाले सरकारसँग फेरि माग्यो दुई करोड, सरकारसँगको वार्ता यसरी अल्झियो पैसामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi Morchaकाठमाडौं, १३ भदौ । सरकारले तराई मधेस आन्दोलनका घाइतेलाई उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्तिवापत थप २ करोडभन्दा बढी उपलव्ध गराउनुपर्ने देखिएको छ ।

यो भारतमा उपचार गराएकाहरुको खर्चबाहेक भएको संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले जनाएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

सरकारले ज्यान गुमाएका ५२ जनाका परिवारलाई १० लाखका दरले क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको थियो ।

मृतकको संख्या ६८ रहेको र घाइतेले विभिन्न अस्पतालमा गएर उपचार खर्च तिर्न बाँकी रहेको मोर्चाले जनाएको छ ।

प्रचण्ड नेतृत्वको सरकार गठनका क्रममा भएको तीन बुँदे सम्झौता कार्यान्वयनका लागि मोर्चाले गठन गरेको तीन सदस्यीय समितिले आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीसँग छलफल गरेको थियो ।

समितिका सदस्य लालबाबु राउतले गृहमन्त्री निधिसँग तीन बुँदे सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको जानकारी दिए ।

‘मन्त्रालयका अधिकारीहरूले ६० लाखभन्दा बढी बराबारको बिल भुक्तानी गर्न बाँकी रहेको जानकारी गराए’, सदस्य राउतले भने, ‘उनीहरूले वीर अस्पतालबाहेकको बिल ३०–४० लाख, भैरहवाको ७ लाख, वीर अस्पतालको बिल १५ लाख जति रहेको बताए ।’