२ कार्तिक २०८३, सोमबार

हायर पर्चेज कर्जामा रिलायबल बैंकको विशेष योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Reliableकाठमाडौं, १२ भदौ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ ।

बैंकले निजी तथा सार्वजनिक सवारीसाधनहरुलाई जस्तै कार, बस, ट्रक, क्रेन, डोजर, ट्यांकर, एक्स्काभेटर आदि खरिद गर्नको लागि कर्जा लगानी गर्ने जनाएको छ ।

कागजात पेश गरेको ५ कार्यदिन भित्र कर्जा उपलब्ध गराइने यस योजना अन्तर्गत वार्षिक ब्याजदर ९ प्रतिशत देखि सुरु रहने छ । यो योजना बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।