१९ कार्तिक २०८३, बिहिबार

हिन्दू राष्ट्रको नारा लिएर मैदानमा उत्रियो राप्रपा, घरदैलो अभियानमा नेताहरू

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati Shamsher Ranaलहान, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले नेपाललाई हिन्दू गणतन्त्र कायम गराउन आफूहरू अब जनताको घरदैलोमा पुग्ने कुरा बताउनुभएको छ ।

सिरहाको लाहानमा आज कार्यकर्ता उत्प्रेरणा तथा जन–चेतना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले राप्रपा अब आफ्नो संगठनलाई सशक्त रुपमा अगाडि बढाउन ३ चरणको कार्यक्रम लिएर जनताको माझमा ओर्लिएको बताउनुभयो । उहाँले हिन्दू राष्ट्रको नारालाई स्थापित गरेरै छाड्ने उल्लेख गर्नुभएको छ ।

‘नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्छ’, उहाँले भन्नुभयो, ‘८० प्रतिशतभन्दा बढी हिन्दू बसोबास गर्ने यो मुलुकलाई धर्मनिरपेक्ष कसको इशारामा गरिएको हो ? यसको खोजबिन अब नेपाली जनताले गर्नेछन् ।’

कार्यक्रममा राप्रपा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आगामी ३ महिनामा पार्टी संगठनलाई सशक्त, प्रभावकारी रुपमा जनस्तरमा मजबुत बनाउँदै स्थानीय निर्वाचनको तयारीमा जुट्न सबै कार्यकर्तालाई आब्हान गर्नुभयो । उहाँले मुलुकमा एउटा सशक्त प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको खाँचो राप्रपाले पूर्ति गर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री एवं राप्रपा केन्द्रीय सदस्य सुनिलबहादुर थापाले पार्टीले आवलम्बन गरेको सैद्धान्तिक धारलाई अवलम्बन गर्दै पार्टीको झन्डा र चुनाव चिन्ह हलोलाई कायम राखेर राप्रपा सबै दल र व्यक्तिहरूसँग एकता, सहमति र सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

राप्रपाभित्र वरिष्ठ नेता तथा पूर्व अध्यक्ष लोकेन्द्रबहादुर चन्द समूहले कमल थापाको राप्रपा नेपालसँग एकीकरण गरेर जानुपर्ने भन्दै दबाब दिइरहेका बेला अध्यक्ष राणासहितको प्रभावशाली नेताहरू पार्टी संगठनको अभियानमा लागेको छ ।