१ कार्तिक २०८३, आइतबार

शाहरुख खानका लागि जुत्ता बनाउने पाकिस्तानी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shah-rukh-khan759

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका लागि हरिणको छालाबाट पेशावरी जुत्ता बनाउने एक पाकिस्तानी पक्राउ परेका छन् ।

पाकिस्तानको वाइल्डलाइफ डिपार्टमेन्टले पेशावरका एक पुराना जुत्ता बनाउने व्यक्ति जहाँगीर खानलाई हरिणको छालाले जुत्ता बनाएको भन्दै नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जहांगीरले एक महिना लगाएर शाहरुखका लागि बनाएको पेशावरी जुत्ता र हरिण छाला पनि डिपार्टमेन्टले लगेको छ । पाकिस्तानमा हरिणको शिकार गर्न प्रतिबन्ध छ ।