३१ आश्विन २०८३, शनिबार

वेष्टइण्डिजले अन्तिम समयमा यसरी चकनाचुर पाऱ्यो भारतको सपना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket

काठमाडौं, १२ भदौ । वेष्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा भारत एक रनले पराजित भएको छ ।

शनिबार राति अमेरिकाको फ्लोरिडामा भएको खेलमा भारत अन्तिम समयमा चुक्दा वेष्ट इन्डिजसँग एक रनले हारेको हो । वेष्ट इन्डिजले प्रस्तुत गरेको २४६ रनको लक्ष्य पछ्याएको भारतले पूरै ओभर खेल्दै चार विकेटको क्षतिमा २४४ रन मात्र बनाउन सक्यो । जित्नै लागेको खेल आफ्नो कब्जामा पारेर वेष्ट इण्डिजले अन्तिम समयमा भारतको सपना चकनाचुर पार्यो ।

Cricket - India v West Indies 1st T20 Fort Lauderdale

भारतका लोकेश साहुलले नटआउट ११०, रोहित शर्माले ६२, कप्तान महेन्द्र सिंह धोनीले ४३ तथा विराट कोहलीले १६ रन बनाए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । वेष्ट इन्डिजका डवेन ब्रावोले दुई विकेट लिए । भारतलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो । पहिलो बलमा ब्राभोले धोनीलाई एक रन दिए । दोस्रो बलमा केएल राहुलले पनि एक रन लिए । तेस्रो र चौथो बलमा पनि भारतले एक रन लियो भने पाँचौ बलमा धोनीले २ रन जोडे । अब अन्तिम बलमा पनि जितका लागि २ रन चाहिएको थियो । अन्तिम बलमा ब्राभोले धोनीको विकेट लिएपछि वेष्टइण्डिजले भारतमाथि १ रनको रोमाञ्चक जित हात पार्यो ।

Cricket - India v West Indies 1st T20 Fort Lauderdale

यसअघि वेष्टइण्डिजले राम्रो सुरुवात गरेको थियो । जोनसोन कार्लोस र इभान लुइसले पहिलो विकेटका लागि १२६ रनको साझेदारी गरे । कार्लोस ७९ रनमा आउट भए । लुइसले शतक पुरा गरे । उनी १०० रनमा जडेजाको बलमा आउट भए ।

आन्द्र रसेल र किरन पोलार्डले समान २२ रन बनाए भने कार्लोस ब्रोथवाइट १४ रनमा रन आउट भए ।