काठमाडौं, १२ भदौ । संगीत रोयल्टी संकलन समाज नेपालको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
शनिबार राजधानीमा सम्पन्न निर्वाचन कार्यक्रमअनुसार सुरेश अधिकारीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको नवनिर्वाचित सदस्य लोकराज अधिकारीले जानकारी दिए । अध्यक्षमा अधिकारी निर्विरोध भएका हुन् ।
सदस्यका लागि भएको निर्वाचनमा लोकराज अधिकारी १ सय ३८ सहित विजयी भएका छन् । लोकराजले लोकप्रिय मत पाएका थिए ।
त्यसैगरी महेश खड्का १२८, पी.एन. सापकोटा ११६, शशि शर्मा मजगैयाँ ११६, सुमन बैरागी ११५ र लक्ष्मण शेष ९० मतसहित सदस्यमा विजयी भएका छन् ।
सदस्यमा रमेश बिजी, दयाराम पाण्डे, रमेशराज भट्टराई र कृष्णबम मल्ल निर्बिरोध भएका छन् ।
९औँ साधारण सभाबाट निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । नयाँ कार्यसमितिले श्रष्टाहरूको अधिकार र रोयल्टी संकलन वितरणमा काम गर्नुपर्ने ठूलो चुनौती छ ।
काम गर्न नसकको भनेर आलोचना खेप्दै आएको रोयल्टी संकलन समाजको नयाँ कार्यसमितिले कतिको चित्त बुझाउने हो आगामी दिनमा थाहा हुनेछ ।















प्रतिक्रिया