११ कार्तिक २०८३, बुधबार

श्रीलंकामा पनि नेपालीलाई मृत्यु दण्डको सजाय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SRI_LANKA-J__c828470_13912_588काठमाडौं, १२ भदौ । लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ ।

पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तमाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

श्रीलंकाली लागूऔषध व्यरोले ७९।८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ मा पक्राउ परेका थिए ।

त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालायमा मुद्दा चलाएको आजको छ ।

थापालाई उक्त अदालतले सन् २०१५ मार्च महिनामा मृत्युदण्डको फैसला सुनाएको थियो ।

मृत्युदण्डको फैसलापछि थापाले कोलम्बोस्थित पुनराबेदन अदालतमा फैसला पुनराबलोकनको लागि गरेको अनुरोधबारे अदालतले अन्तिम धारणा सार्वजनिक भने गरेको छैन ।