१९ कार्तिक २०८३, बिहिबार

सोसेकको १९ औँ वार्षिकोत्सवः सामाजिक क्षेत्रमा झण्डै साढे ६ करोड खर्च

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sosek

दैलेख, ११ भदौ । दैलेख, अछाम र कालिकोटमा सामाजिक रुपान्तरणका क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल रहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको १९ औ वार्षिक उत्सव समारोह जिविस हल दैलेखमा सम्पन्न भएको छ ।

संस्थाका आजिव सदस्य, साधारण सदस्य विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, पत्रकारहरु सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु विभिन्न वाल, महिला सञ्जालका प्रतिनिधिहरुको उल्लेखिय सहभागिता बिच सो समारोहको उदघाटन गरिएको हो ।

१९ औ वार्षिक उत्सव समारोहलाई दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले उदधाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रजिअ क्षेत्रीले सामाजीक सेवा केन्द्र सोसेकले दैलेख जिल्लाका पछि परेका जनताहरुको जीवनस्तर सुधारार्थ गरिरहेको कार्यहरुको प्रशंसा गरे ।

उनले आगामी दिनमा हुनेखाने वर्गाकालागि, शक्तिमा रहेकाहरुकालागि मात्र केन्द्रित नभएर गरिब, निमुखा, दलित, जनजाती, महिला तथा पछि परेका समुदायकालागि थप सीपमूलक, आयआर्जन मूलक कार्यक्रमहरु सञ्चालन गर्न सोसेक सफल हुने कुराको अपेक्षा गरे । उनले जिल्लामा सक्रिय सबै सरकारी तथा गैह्रसरकारी कार्यालयहरुले सबैलाई सँगै हिडन सक्ने वातावरण निर्माण गर्न थाल्नुपर्ने सुझाव समेत दिए । उनले कुनै वर्ग, जाती, धर्म, लिंगका आधारमा हुने भेदभाव कानुन जन्य अपराध भएको भन्दै त्यसलाई निर्मुल पार्न सबैलाई अपिल समेत गरे ।

कार्यक्रममा दैलेख स्थित निमित्त स्थानीय अधिकारी बाबु्राम नेपाली, शमशेर गणका गूल्मपति सुर्यकान्त घिमिरे, प्रहरी नायव निरिक्षक बिरबहादुर वली, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष नमन शाही, विभिन्न राजनैतिक दलका प्रतिनीधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका संस्थापक अध्यक्ष हिरासिंह थापाले नारायण नगरपालीका वार्ड नं. १ मा करिब ८ लाख बराबरको जग्गा समेत सोसेकको नाममा दान गरेका छन । सोसेकले गत वर्ष ६ करोड २१ लाख ५ हजार ८०८ रुपैँया सामाजीक क्षेत्रमा खर्च गरेको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।