१९ कार्तिक २०८३, बिहिबार

दैलेखका दुई पत्रकार पुरस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-thapa
गुल्मपतिबाट पुरस्कार ग्रहण गर्दै पत्रकार शेरबहादुर थापा ।

दैलेख, ११ भदौ । दैलेखमा खोजमूलक पत्रकारीता गरेको भन्दै प्रस्तावित बाटु स्मृति प्रतिष्ठानले दुई जना पत्रकारहरुलाई जनहि रु एक हजार १ तथा प्रमाणपत्रकासाथ पुरस्कृत गरेको छ ।

शनिबार दैलेखस्थित जिविस हलमा आयोजित एक विशेष समारोहका दौरान सो पुरस्कार वितरण गरिएको हो । महिला, दलित, पिछडिएका वर्ग, बालबालीकाका क्षेत्रमा सम्बन्धीत रही खोजमूलक पत्रकारीता गरेको भन्दै प्रस्तावित सो प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गरेको हो । यसरी पुरस्कार पाउनेहरुमा भारतको मुम्बइबाट दैनिक रुपमा प्रकाशित हुदै आएको नेपाल न्यूज दैनिकका पत्रकार शेर बहादुर थापा (दैनिक नेपाल डटकमका सम्वाददाता) र दैलेखमा विगत लामो समयदेखि पत्रकारीता गर्दै आएका उज्यालो नाइन्टी नेटवर्कका अमर सुनार रहेका छन ।

न्यूजकर्मी थापालाई शमशेर गणका गुल्मपति सुर्यकान्त घिमिरेले तथा सुनारलाई प्रतिष्ठानका अध्यक्ष हिरासिंह थापाले पुरस्कृत गरेका थिए ।
पुरस्कार वितरण पश्चात हामिसँग संक्षिप्त कुरा गर्दै प्रतिष्ठानका अध्यक्ष हिरासिंह थापाले खोजमूलक क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई सम्मान गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताए । उता पुरस्कार पाइसकेपश्चात उज्यालो नेटवर्कमा कार्यरत अमर सुनारले यो पुरस्कारले आफूहरुलाई थप चुनौती दिएको भन्दै आगामी दिनमा पछि परेका वर्गहरुका बारेमा समाचारहरु लेख्न आफूलाई थप प्रोत्साहन मिलेको बताए ।

२०६२ साल देखि निरन्तर पत्रकारीता पुरस्कार हस्तान्तरण गर्दै आएको प्रस्तावित वाटु स्मृति प्रतिष्ठानले दैलेख जिल्ला स्तरमा सर्वोकृष्ट नम्बर ल्याउने महिला, दलित महिला र रावतकोट दैलेख स्थित पञ्चदेवल माविका सर्वोत्कृष्ट विधार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्दै आएको छ ।