– कृष्ण ओझा
पाँचथर, ११ भदौ । पाँचथरको फिदिम बजारको ढल तथा नाला सरसफाई अभियान छब्बिसौं हप्तामा पुगेर निरन्तरता पाएको छ ।
पाँचथर प्रहरीको अग्रसरता र फिदिम नगर पालीकाको सहयोगमा सञ्चालन हूदै आएको हो । पाँचथर प्रहरी प्रमूख कृष्ण प्रसाद कोईराला र नगरपालिकाका अधिकृत काजीमान राईले सरसफाइ अभियान निरन्तर रुपमा सुरु गरेका हुन् ।
अभियान ०७२ फागुन १५ गते देखि सुरु गरी यहाँसम्म आएको हो । बजारका नागरिकहरुबीच प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म सरसफाइ गरिन्छ । फिदिम बजारका पसलहरु सनिबार बन्द हुने गरेको छ ।
बजारका पसलहरु बन्दहूनाले उपभोत्तालाई मर्कामा परेका छन । यता बन्दकै अवसर पारेर सरसफाइ अभियान बजारको बिच विपी चोक मार्ग आस पासका पसलहरु अगाडी नाली सफाई गरीएको छ । अभियानमा बजारबासि तथा महिलाप्रहरी हरु सकृयरुपमा खटिएको पाइन्छ ।
जिल्लाको बिभिन्न बिषयका अभियानकर्ता डिएसपी कोइरालाको बिराटनगर रानीको सरुवा पत्र आए पनी कोईरालाले फिदिम बजारबासी लगायत ढल भित्र पसेर बेल्चाले फोहोर फाल्न अहिले समम छाडेका छैनन । अभियानमा ब्यापारी संघ सस्था, महिला, सरकारी कर्मचारी लगायत ३० जना सहभागीता बिच सम्पन्न गरीएको छ ।
बिभिभ बिषयका अभियानकर्ता कोइरालाका बारेमा यूवा व्यबसायी दिपक नेपालले भनेका छन “प्रहरी प्रमुख कोईराला जस्ता पदपर्दसक नभेटीने र ठूलो रिक्तता महसुस हुनेछ” ।













प्रतिक्रिया