३१ आश्विन २०८३, शनिबार

कामाद कपमा सानो गौचरणको जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । सानो गौचरण युवा क्लबलले कामाद कप सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।

सानो गौचरणले रिकोग्नाइज आईटी सोलुसन एन्ड सर्भिसलाई २–० गोलअन्तरले पराजित ग-यो । विजेताका अखिलेश कार्की र हरि तामाङले १–१ गोल गरे ।

काठमाडौं वडा नं. ७, चावहिलद्वारा आयोजित नकआउट प्रतियोगितामा जीपी कोइराला कलेज, टाइम्स इन्टरनेसनल कलेज र ब्लड सकर पनि विजयी भए ।

जीपी कोइराला कलेजले केयूसीटीलाई १–० गोलले हरायो । देव राईले निर्णायक गोल गरे । टाइम्सले वीरेन्द्र पुस्तकालयलाई २–० ले पाखा लगायो । विजेताको दुवै गोल सुदनबाट सम्भव भयो ।

ब्लड सकरले सानो गौचरण एकेडेमीलाई २–० ले निराश पा-यो । विजयी टिमका लागि दिलकुमार तामाङ र अनिश पुडासैनीले १–१ गोल गरे ।