१ कार्तिक २०८३, आइतबार

यी हुन् फिल्म खेल्न शरीर बेच्दिन भन्ने नव नायिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sapana-sing-Thakuriकाठमाडौं । सपना सिंह ठकुरी पाँच वर्षअघि चलचित्र क्षेत्रमा होमिएकी हुन् । नेपालगंज घर भएकी र मोफसलमा बसेर चलचित्र उद्योगमा काम नचल्ने भएकोले आफ्नो चलचित्रमा भाग्य चम्काउन राजधानी प्रवेश गरिन् ।

नेपाल टेलिभिजनबाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमी’ बाट आफ्नो कला अभिनय सुरु गरेकी नेपाली चलचित्र क्षेत्रको उदयमान नायिका सपना सिंह ठकुरी बिगत ८ वर्षदेखि नेपाली सिनेमा जगतमा छाँउदै आएकि छिन ।

काठमाडौं पुरानो बानेश्वरको ‘एमआर थिएटर’ बाट भरत नाट्यम, अभिनय र नृत्य सिकेकी नायिका अभिनय र नृत्यमा निकै नै पोख्त छिन । आफूले निकै मेहनत गर्नु पर्ने उनले बताइन ।

sapana-4लगभग ४ वर्ष अगाडि अहिलेका चर्चित संगीत भिडियोका नायक र कलाकार शंकर बिसीसँग म्युजिक भिडियोमार्फत मोडलिङ र अभिनय सुरु गरेकी नायिका सपनाले शुभ यात्रा म्युजिकबाट सपना सिंह ठकुरीले यो जोवनी… नामको तीज गीत आफैंले बजारमा ल्याइएकी छिन् ।

नायिका सपना भन्छिन, ‘अभिनय, कला प्रस्तुत गरेर आफूभित्र निहीत प्रतिभा तथा क्षमतालार्इ प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन चाहन्छु ।’

सपना भन्छिन, आफू कलाकार भएकोले कहिलेकाँहि सिनेमा क्षेत्रका मानिसहरुबाट म्युजिक भिडियो, चलचित्रमा खेलाउँछु र नाता गाँस्नु पर्छ भनेर नचाँहिदो प्रस्ताब पनि आउने गरेको कुरा बताईन ।

उनले अगाडि भनिन, “मैले त्यस्तो प्रस्ताबलाई ठाडै अस्वीकार गर्ने गरेको छु, कामको लागि शरीर बेच्दिन साथै आफ्नो आत्मसम्मान बेचेर सम्झौता पनि गर्दिन ।”