११ कार्तिक २०८३, बुधबार

यी हुन् गच्छदारलाई सरकारमा जानबाट रोक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijaya k Gachhadarकाठमाडौं, ११ भदौ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निश्चित भएको छ ।

प्रधानमन्त्री प्रचण्डले तीन सातापछि चौथोपटक मन्त्रीमण्डल विस्तार गर्दा पनि फोरम लोकतान्त्रिकका मन्त्री छनोट नभएपछि सरकारमा नजाने निश्चित जस्तै भएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

केपी ओली नेतृत्वको सरकारमा सहभागी फोरम लाकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई मतदान गर्ने निर्णय गरेका थिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई मतदान गरेपछि फोरम लोकतान्त्रिक अप्ठ्यारोमा परेको हो ।

सरकारमा सहभागि हुने विषयमा प्रधानमन्त्री प्रचण्ड र गच्छदारबीच छलफल भए पनि अन्तिम समयमा आएर स्थगित भएको स्रोतले बतायो ।

मधेसी मोर्चाले गच्छदारलाई सरकारमा सहभागी नर्गन दबाब दिएकै कारण प्रधानमन्त्री प्रचण्ड ब्याक हटेको बताइएको छ ।

मधेसी जनअधिकार फोरमका महासचिव रामजनम चौधरीले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री प्रचण्डसँग कुनै छलफल नगरेको बताएका छन् ।

उनले भने, ‘निमन्त्रणा नदिएको बिहेमा कसरी जाने ?’ महासचिव चौधरीले आठ बुँदे सहमति पालना गर्नुपर्ने बताउँदै सरकारलाई दिएको समर्थन यथावत् नै रहने बताए ।